अदालतमा आत्मसमर्पण गरेका चौधरीको बयान लिइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १४ फागुन ।
  • कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान लिने काम भइरहेको छ ।
  • बिहान ११ बजेतिर चौधरी कानुन व्यवसायी गजेन्द्रबहादुर केसीसँगै अदालतमा हाजिर भएका थिए ।

काठमाडौं, १४ फागुन । कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान लिने काम भइरहेको छ । बिहान ११ बजेतिर चौधरी कानुन व्यवसायी गजेन्द्रबहादुर केसीसँगै अदालतमा हाजिर भएका थिए ।

अभियुक्त चौधरीको बयान सकिएपछि सोमबार नै इजलासमा थुनछेकसम्बन्धी बहस हुने बताइएको छ । सरकारको तर्फबाट सरकारी वकिल प्रकाश भण्डारी र चौधरीको पक्षबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, गम्भीरसिंह ऐर, गजेन्द्रबहादुर केसीले बहस गर्ने तयारी गरेको जिल्ला अदालतका रजिष्टार इन्द्रबहादुर कठायतले जानकारी दिएका छन् ।

रजिष्टार कठायतका अनुसार चौधरीलाई वारेसनामा सफाई, धरौटीमा छोड्ने वा थुनामा राखेर कारवाही गर्नेबारे निर्णय हुनेछ । फरार रहेकै अवस्थामा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नंम्बर १ बाट अत्यधिक मतान्तरले चौधरी विजयी भएका थिए । चुनाव जितेको प्रमाणपत्र भने चौधरीले हालसम्म प्राप्त गर्न सकेका छैनन् । २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा १ बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको थियो । चौधरीलाई उक्त घटनाको मुख्य योजनाकार भनिए पनि उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

टीकापुर घटनाका रेशम चौधरीसहित ५१ जना आरोपितमध्ये २५ जना थुनामा छन् । ३० जना अझै फरार छन् । जिल्ला अदालत परिसरमा सञ्चारकर्मी र चौधरीका आफन्त तथा समर्थकहरुको भीड लागेको छ । अदालतभित्रै रहेका चौधरीलाई कसैसँग भेट्न दिइएको छैन । अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?