१९ जनालाई एकैसाथ यसरी दिइँदैछ मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • बंगलादेश/एएफपी ।
  • बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।
  • तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो ।

बंगलादेश/एएफपी । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् ।

“हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं,” कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताउनुभयो । “हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।”

होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । उहाँले पूर्व गृहमन्त्री समेत दुईजना मन्त्री र पूर्व जासूसी संस्थाका दुईजना प्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताउनुभयो ।

बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले बताउनुभयो । उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहनु भएको थियो । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।

चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गर्नुभएको थियो ।

बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ । अझै पनि सयौं व्यक्ति मृत्युदण्डको पर्खाइमा छन् । सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ ।

सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ट प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको बताउनुभयो ।

रहमानका वकील सनाउल्लाह मियाले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताउनुभयो । उहाँले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताउनुभयो । उहाँले आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद
‘हाम्रो गुम्बा कहिले बन्छ ?’
‘हाम्रो गुम्बा कहिले बन्छ ?’
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
गन्तव्य नेपालको १३ औं वार्षिकोत्सव (हेर्नुहोस् १६ तस्बिरमा)
गन्तव्य नेपालको १३ औं वार्षिकोत्सव (हेर्नुहोस् १६ तस्बिरमा)
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव