बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते

सारांश

  • नयाँदिल्ली ।
  • भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
  • शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

नयाँदिल्ली । भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो ।

बनास नदिमा खसेको उक्त बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । नदी माथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो ।

तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।

नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २७ पुगेको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये केहीको् अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ