किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने
सारांश
- काठमाडौं, १० माघ ।
- केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे ।
- तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् ।
काठमाडौं, १० माघ । केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे । तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् । प्रहरी प्रमुख हुन नदिएपछि मुद्दा लडेका तत्कालीन डीआईजी नवराज सिलवालकी पत्नी र छोरीहरूलाई मात्र होइन, घरमा काम गर्ने सहयोगीलाई समेत प्रहरीले आतंकित बनाएको पारिवारिक स्रोतले जनाएको छ ।
प्राप्त जानकारीअनुसार गत पुस २८ गते शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्दा नवराज सिलवालकी पत्नी सिर्जना र दुई छोरीलाई एयरपोर्टमा सादा पोसाकका प्रहरीले नवराजका सम्बन्धमा विभिन्न प्रश्न गर्दै उनीहरू देशबाहिर जान नपाउने भनी आतंकित बनाएका थिए । कतार एयरवेजको दिउँसो ४ः४० बजेको उडानबाट अमेरिका जान लागेका उनीहरूलाई अध्यागमनभित्र पुगेपछि सादा पोसाकका प्रहरीले अमेरिका किन जान लागेको ? नवराज सिलवाल कहाँ छन् भनी प्रश्न गरेका थिए ।
आफ्ना बाबु कहाँ छन् भन्ने आफूहरूलाई थाहा नभएको छोरीहरूले बताएपछि उनीहरूलाई बाबुको बारेमा जानकारी नदिई विदेश जान नपाइने भन्दै धम्क्याइएको थियो । प्रहरीको धम्कीबाट दुवै छोरी रोएको र पत्नी सिर्जनाले ‘हामी यो देशका नागरिक हौँ, हामीलाई दुःख नदिनुस्, नागरिक भएका कारण कुनै पनि देशमा जाने र आफ्नो देश फर्किएर आउने अधिकार हामीलाई छ’ भनेकी थिइन् ।
प्रहरीले रोकेपछि जहाजले उडानको उद्घोष गरिसक्दासमेत उनीहरू अघि बढ्न सकेका थिएनन् । कतार एयरवेजका स्टाफहरू खोज्दै आएपछि के भएको हो भनी एयरपोर्टमै कार्यरत नेपाली सेनाका अधिकारीले बुझेपछि ती प्रहरीलाई तपाईंहरूसँग उहाँहरूलाई बाहिर जान नदिनका लागि पुर्जी छ भनी सोधेका थिए । ‘छैन’ भन्ने जवाफ पाएपछि उहाँहरूलाई रोक्न मिल्दैन भन्दै जहाजतर्फ पठाइएको थियो ।
अमेरिका जानुअघि घरमा पटकपटक प्रहरी आएर नवराजका बारेमा सोधपुछ गर्दा छोरीहरू आतंकित भएको बुझिएको छ । गोदावरी र बालकुमारीमा रहेको उनीहरूको घरमा मात्र होइन, उनीहरूका मिल्ने साथी तथा आफन्तका घरमा समेत प्रहरीले दुःख दिएको उनका आफन्तहरूले बताएका छन् ।
पटकपटक घरमा खोजतलास गर्ने क्रममा घरको काममा सहयोग गर्दै आएकी मीना नामकी सहयोगीलाई समेत धम्क्याएपछि उनी काममा आउन छोडेकी छिन् । बारम्बार प्रहरीले धम्क्याउन थालेपछि छोरीहरू प्रहरी देख्नेबित्तिकै तर्सन थालेका थिए ।
बाबुका कारण नेपाल प्रहरीप्रति गर्व गर्ने छोरीहरू प्रहरी देख्दा आत्तिन थालेको उनका छिमेकी र आफन्तहरूले बताएका छन् । सानी छोरी प्रहरी देख्दा काप्ने र ठूली छोरी आत्तिने गरेका थिए । ठूली छोरी कलेजका लागि अमेरिकामा जान लागेकी भए पनि पत्नी सिर्जना र सानी छोरी जाने योजनामा थिएनन्, तर प्रहरीले मानसिक तनाव दिएपछि उनीहरू घर छोडेर हिँडेको बताइएको छ । ठूली छोरीको कलेज बन्दोबस्तपछि सिर्जना र सानो छोरी फर्कने बुझिएको छ ।
बढुवाका सिलसिलामा किर्ते कागजको मुद्दामा प्रहरीबाट व्यापक खोजी गरिएका पूर्वडीआईजी तथा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवालका दुई छोरी छन् । टेलिभिजनमा समाचार प्रस्तोता र मोडलसमेत रहिसकेकी पूर्वमोडल उनकी पत्नी सिर्जना शिक्षा क्षेत्रकी पेसाकर्मी हुन् । घटना र विचार साप्ताहिकबाट
Khadendra Thapa
सुनसरिमा पनिछ यउटा पुलिस अफिसर
फटा तो हो बिद्वा नद्व माजि योतझन मरेकनलाइ
जिम दो र जिमदो लाई मरेको बनाउछ 1500 सय मतले हारेको बिजयगछेदारलाइ 280 मतले जिताइ
दियो
Paudel Laxman
सत्ता र शक्ति सधै एउटैसङ हुदैन तिमिहरुले लगाएकोआरोप भोलि कुनैदिन गलत ठहरियो र नवराज सिलवाल यो देशको गृहमन्त्री भएभने अहिले सिलवालको पछि लाग्ने तिमिहरुले पनि अहिले नबराज सिलवालले भोगेको नियती भोग्नुपर्ने छ त्यसको लागि तयार हुदैगर्दा हुन्छ किनकी अब चाडै नै नबराज सिलवालले जितेको पार्टीको सरकार बन्दैछ अनि देख्नेछौ कसको हालत के हुन्छ तिम्रापनी परिवार होलान देश बाहिर जालान बाहिरबाट आउलान अहिलेको प्रधानमन्त्री प्रधानन्यायाधीस प्रहरी प्रमुख यो भन्दा पहिलेको महान्यायाधिवक्ता रमण श्रेष्ठ तिमिहरुको पनि सिलवालको जस्तो दिन आउन धेरै टाढा छैन ल
Kun Jung San
No need to worry. People’s hero is your dad.
Milanphuyal Badalphuyal
gusakhore sabadur dhaubali kagarna nasana aruli thukha thina chorli kkarbai hunuparcha
Krishna Prasad Adhikari
Hai masum ketaketi
Kisna Prkd
All this nightmares will be over soon.
Indira Adhikari
Daraunu pardaina nani hami 3 crod janta tapaiharu sanga xau yo nathe pakha lagne bela vako le kehi garna sakdaina voli ushko palo pani auxa
Prasuram Rana Bhat
घरमा गएर धम्काउने र धर्काउने काम नगर जो कोहि ले पनि फेरि भोलि घर न घात को होलास
Uttam Thapa
कस्तो कानून हो नेपाल को जब कि जागिर नै खान्न भनेर छोडि सके पछि बढूवाको बखेडा निकालेर देशका नागरिक लाई भडूवा बनाउने ।
Khagendra Karki
Babulai pakdanx bhaner hola ni
Mohan Kc
Sala sarkar aparadhilai khoj silwal lai hoina thukka yauta ramro kam gare ra dekhauna nasakne sarkarle k ko nautanki nachdaixa ? Silwal vaneko 3 karod nepali mathi khelwad garne aparadhi nakkali doctor ra pilot dekhi dui nambari ra vrastachari lai taha lagaune manxe ho chetana vaya
Dilbdr Thapa
Pheri arko chunab samma congress name ko kunai jantu बाकी रहला सन्देह छ
Jiiban Raii
साचै अबता कोङ्र्श ले हदै गर्यो यार , नेपाली अफिसर साथै 2 बर्से बालक मार्ने रेसोम चौधरिलाइ 1 करोद 70 लाख दिन्छ छेती पुर्ती भन्दै । देश को सचा सेवक लाई मर्दा पुरस्कार पाइन्छ भन्ने जोकोहिलेनी येहि गर्छ अब तर रेसोम चौधरिले झै सबैले पाउनु पर्छ । नवरज सिल्वल ले कगजै किर्ते गरेर आइ जिपि भको पनि छैन किर्ते गरेर देश् नै बेचेको छैन येसरी पुरै घर्परिवर लै त्रश दिने र tucher दिने काम कदापी सोतन्त्र देश्को कानुन हैन । जाद जदै गरेको सर्खर्ले भोलि आफ्नो बाटो पनित राखेर जानू पर्ने हो मेरो बुझै मा ।
राजु कुमार श्रेष्ठ
परिवारलाई तनाब दिनु प्रहरि प्रशासन को कमजोरी जस्तो लाग्छ
Bharat KD
देउवाकाे नालायकिनप।
Menuka Gurung
Safe trip
Madhav Khadka
यो देश चङ्गा हो जन्ता धागो जस्ले जता उडायो तेतै उडछन। तर ईतिहास साचि छ धेरै मइसासुरहरु बिलाका छन।
Suresh Marahatta
1 mahina parkha ani hera !!!!
Prakash Thapa
Police ra prashasaan le yo k nahune kaam gareko……Ani Kai galti gareko xina vane silwal ji kna darako kna ladainan yesko birudhaa ma khoi k ho k ho
Asmin Dhakal
एउटा निर्दोष, सच्चा र इमान्दार अफिसर र उन्हाको परिवारको आँखाबाट आँशु बगाउने सडयेंत्रकारी र भ्रस्टचारी हो, तिमीहरुको आँखाबाट पनि खुन को आँशु बग्ने दिन निकट आउंदै छ, र यो अरु कसैले होइन इश्वोरले नै गराउने छन्, हेर्दै जाओ…..
Yadav Ganga
Kasri patyaune Sacha Des bhagt ho bhaner kin Des chhader bagirahechh yahile bay chhora ma Sacha kun ho bhaner biswas chhain t yo niues Ko bharma kasri bhansakchh Sacha Des bhagt ho bhaner bhai
Govinda Budhathoki
Home minister hunai paryo…
Manorath Acharya
आफ्नो स्वार्थका लागि हिजो एकै थालमा खाएको साथीको परिवारलाई पीडा दिनु दुखद कुरा हो तर डराउनु पर्दैन समय सधैं यिनको हातमा हुदैन यो क्षणिक हो निभ्ने बेलाको बत्ती हो ।
Bhupal Pandey
मर्ने बेलामा कमिला को प्वाँख आउँछ भन्थे तेस्तै भैरहेको छ अहिले देउवा सरकार लाई ।
Arjun Chochangi
Sahi Ho Vane Kina Npl Choder Vageko .Dal Ma Kuch Kalo X
Bhavishwor Pandey
Nepal police janata ko surachaya hoena tarsaunekam garne sasthama parinatbhaya polticallegarda
Yadav Ganga
Ke garne nabjat silbal chhori Ko haru Ko bibah Ko kharcha Des luter jutaudai thiyo tar pachen
Shree Ram Neupane
Thick 6 bam ko sarkar bana pachi hesab ketap garula.
KS Gyalvo
नवराज सिल्वालजिले गुल्मी तम्घास ८ को बेलायेती सेना को पुर्ब कर्मचारी बसन्त भुजेललाइ सिल्वाल जि काठ्मन्डौ प्रहरी प्रमुख (Dsp) भयेको बेला पद्को दुरुउपयोग गरि भुजेल जिको उठिबास लगायेर आफुले निची फाइद लियेको भान्ने सुनेको थियो त्येसैको पाप करायेको जस्तो छ
Subas Koirala
अदालत ले बयान को लागि भनेको होइन र बयानको लागि नै यसरी गुम नाम हुनु पर्छ र ??
Bhakta Gurung
Yini haru ko bayodata ra photo rakhnus paxxi miss garne din auna sakxa
Bhanu Bhattarai
Sahi ho
Sanju Kumal
तेसै पुलिस लाई घ्रिणा गर्छन व्यवहार यस्तो गर्छन जुन सुन्दापनि रिस उठ्ने
Helambu Ko Tamang Ale
hoena yeti afu galti xaena bane kina bagekota pakae khita galti xa
Tej Bahadur GT
सदै सत्ता र शक्ति अहिलेका देस बेचुबा सासक्को मात्रै हुदैन होला सत्ता पल्टे पछि इ डाकाहरुको 12 बजाइ दिनु होला सिलबाल जि