किन हानियो गृहमन्त्रीलाई गोली!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
किन हानियो गृहमन्त्रीलाई गोली!

सारांश

  • २४ वैशाख, पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको समाचार आएको छ ।
  • गृहमन्त्रीलाई गोली लागेको उनका सहयोगी असिम खानले पुष्टि गरेका छन् ।
  • गोली लागेका गृहमन्त्री अहिले खतरामुक्त रहेको बताएका पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

२४ वैशाख, पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको समाचार आएको छ । गृहमन्त्रीलाई गोली लागेको उनका सहयोगी असिम खानले पुष्टि गरेका छन् ।

गोली लागेका गृहमन्त्री अहिले खतरामुक्त रहेको बताएका पाकिस्तानी संचारमाध्यमले जनाएका छन् । पाकिस्तानमा अबको केही महिना पछि आम चुनाव हुँदैछ । चुनाव अघि गृहमन्त्रीमाथि गोली प्रहार भएको हो । गोली हान्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । गृहमन्त्रीमाथि के कारणले गोली चलाइयो भन्नेबारे खुलेको छैन ।

पन्जाव प्रान्तको नारोवाल शहरमा एक कार्यक्रममा गएका बेला इकबाललाई पाखुरामा गोली हानिएको थियो । गोली लागे लगत्तै गृहमन्त्रीलाई अस्पताल पुर्यारइएको थियो । पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने सबै राजनीतिक पार्टीले घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?