विवाह भएको लुकाउन खोज्ने यी कलाकारलाई के भन्नुहुन्छ !
सारांश
- चलचित्र होस वा संगीत क्षेत्रका कलाकार, प्रायले आफु विवाहित भएको लुकाउन खोज्छन् ।
- तर पछिल्लो समय फैलिएको सामाजिक सञ्जालको जालाको कारण भने कलाकारलाई आफ्नो व्यक्तिगत जीवन लुकाइराख्न त्यति सहज छैन ।
- नत्र केही वर्ष अघिसम्म धेरै कलाकारले आफ्नो वैवाहिक जीवनलाई छायाँमै राख्ने गर्थे ।
चलचित्र होस वा संगीत क्षेत्रका कलाकार, प्रायले आफु विवाहित भएको लुकाउन खोज्छन् । तर पछिल्लो समय फैलिएको सामाजिक सञ्जालको जालाको कारण भने कलाकारलाई आफ्नो व्यक्तिगत जीवन लुकाइराख्न त्यति सहज छैन । नत्र केही वर्ष अघिसम्म धेरै कलाकारले आफ्नो वैवाहिक जीवनलाई छायाँमै राख्ने गर्थे ।
अहिले परिवार सहित अमेरिकामा बसोबास गरिरहेका दिलिप रायमाझी पनि कुनै समय आफ्नो विवाह भएको प्रसंगलाई लुकाउने कलाकार हुन् । उनले आफु विवाहित भएको कुरालाई निकै लामो समयसम्म लुकाएर राखे । फिल्म क्षेत्रमा आउनु अघि नै मञ्जु रायमाझीसँग विवाह गरेका उनलाई दर्शकले निकै पछिसम्म पनि अविवाहित नै ठान्थे ।
रेखा थापासँग सम्बन्ध विच्छेद भएका निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच विवाह भएको अनुमान गरिन्छ । उनीहरु दम्पत्तिकै रुपमा बसिरहेको पनि खबर सार्वजनिक नभएको होइन । तर पनि उनीहरुले आफुहरु वैवाहिक सम्बन्धमा बाँधिएको भनेर सार्वजनिक घोषणा भने गरेका छैनन् । 
मुकेश ढकाल र मेलिना मानन्धरले पनि आफ्नो वैवाहिक सम्बन्धलाई केही समय लुकाउने प्रयास गरेका थिए । तर उनीहरुले भने लामो समय आफ्नो सम्बन्ध लुकाउन सफल भएनन् ।
फिल्म र रंगञ्चमा स्थापित हुनु अघि नै दयाहाङ राई पनि विहे गरिसकेका कलाकार हुन् । उनले गायिका बेनुका राईसँग विवाह गरेका हुन् । तर उनले पनि कलाकारको रुपमा स्थापित भइसकेको लामै समय वैवाहिक सम्बन्धलाई खुलेर कुरा गर्दैन थिए ।
दोस्रो विहे गरेकाले कारणले हुन सक्छ निखिल उप्रेतीले पनि अभिनेत्री सञ्चिता लुइटेलसँग विहे भएको प्रसंगलाई लुकाउने प्रयास गरिरहे । तर उनले जति लुकाउने प्रयास गरे पनि उनीहरुको सम्बन्धको बारेमा केही महिनाभित्रै सबैले थाहा पाए ।
Maya Chettri
यो मान्छे त जन्मे कै बिबाह गर्न रैछ ।
Aryan Ghatani Ma
jhilke bro
Mangol Kirat Saduwa Jeticha
के को बिबाह नि पैसामा बिक्रि भएका ककिनिएका भए पछि भन्न नि मिलेन।
Astrologer Udayraj Niraula
यस्तै त हुन् नी लाज नभए पछि
Yak L tv
sahi ho news chahi
Krishna Chand Thakuri
के भन्नु अबो लुकेरै ५/६ वटा बच्चा फुत्त निकाल मेरो लागी त्यति भए पुग्छ।
Deepak Shakya
Hina ta yesta sabai kira lukaune naho.khole aslil bhani jalchha.
Ram Kumar Shrestha
Moj gara
पुस्प राज कार्की्
इनिहरुले जेसुकै गर्न मिल्दो रहेछ धर्म इज्जत को प्रभाहा नहुने रहेछ है
Ujwal Neupane
Lol
Binod Lama
Paisa ho paisa !!
Rai Man
Khoi ke bhane ra saveya bhasha ma tihun chakhuwa ani alike asaveya bolichali ma peen chakhuwa ta hola ni. hamra gaunghar ma ta khoi teysai bhanchhan keyare.
Shyam Shubham Giri
बाख्रा लाई हरियों घास र सिल्पा लाई पैसा को बिटो देखाई दिनू पूच्छर हल्लाऊदै पछी लाग्छिन
Gobin Cdr
Dam 50 and 25 wife and husband I’m never seen that
Manoj Lamichhane
जे होस यो क्षेत्र गज्जब कै क्षेत्र हो ? बोल्दा नी कला देखाउनु पर्ने, हरेक पाइला मा कला प्रबेश गराउनु नै पर्ने भए पछि बिहे मा पनी त अव्बल ठहरिनु पर्यो नी?
Ramkumar Stha
Jamana badali sakyo sathiharu…
Narbahadur Gharti
यस्ता सर्म सकेका मान्छेहरुलाई खै के भनौ ? जब हाम्रो जस्तो समाजमा पनि बिबाह जस्तो पबित्र बन्धनलाई लुकाएर राखिन्छ भने त्यसलाई एक किसिमले केवल क्षिनिक स्वार्थको लागी हो जस्तो लाग्छ पिल्पालाई पैसा भए पुगिहाल्यो अर्को हजुरबालाई कलिलो मासु पाएपछि के चाहायो दुबै जनाको आ आफ्नो स्वार्थ लुकेको छ