अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता

सारांश

  • काठमाडौं ।
  • सरकारले ल्याएको विशेष सामाजिक सुरक्षा अभियानमा विवाह नगरेका महिलालाई पनि भत्ता दिने भएको छ त्यसमा सम्बन्ध विच्छेद गरेर बसेका महिला पनि समेटिएका छन् ।
  • विशेष सामाजिक सुरक्षा भत्ता अन्र्तगत संघीय सरकारले निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई काभ्रेको पनौति नगरपालिकाले भत्ता दिने निर्णय गरेको छ।

काठमाडौं । सरकारले ल्याएको विशेष सामाजिक सुरक्षा अभियानमा विवाह नगरेका महिलालाई पनि भत्ता दिने भएको छ त्यसमा सम्बन्ध विच्छेद गरेर बसेका महिला पनि समेटिएका छन् ।

विशेष सामाजिक सुरक्षा भत्ता अन्र्तगत संघीय सरकारले निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई काभ्रेको पनौति नगरपालिकाले भत्ता दिने निर्णय गरेको छ।

पनौति नगरपालिकाले ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद, पति बेपत्ता भएको १५ वर्षसम्म नआएका महिलालाई लाभग्राहीका रुपमा समेटेर भत्ता दिन थालेको हो ।
संघीय सरकारले अविवाहित, सम्बन्धविच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउन योग्य मानेको छ।

हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याएर लाभग्राही सूचीमा राख्ने नगरपालिकाले जनाएको छ ।

पनौति नगरपालिकाको तेस्रो नगरसभाबाट नीतिगत निर्णय भएको विशेष सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि नगर कार्यपालिकाले कार्यविधि बनाइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?