किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७९
|
|
२८ पटक हेरिएको
Shares
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

सारांश

  • रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ ।
  • यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।
  • ‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।

‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।

उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् ।’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?