प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन्।
  • शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन्।

शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन्। उनले भने- ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने? मैले लुटपाट गरेको छ र? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन।’

उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने-‘म भन्न चाहन्छु राम्ररी सिक। बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। यहाँ आफ्नै इतिहास र परम्परा छ। डेमोक्रेसी हामीले लडेर ल्याएका हौं। अहिलेको संविधान हामीले लेखेको हो। म त्यो हैसियत राख्छु। यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो। जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा।’

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए। उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?