सागका स्वयंसेवकलाई शारीरिक तालीम

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सागका स्वयंसेवकलाई शारीरिक तालीम

सारांश

  • तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ ।
  • खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो ।
  • तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिनुभयो ।

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।
“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।” गोदारले भन्नुभयो ।
सागअन्तर्गत पोखरामा आठ खेलका लागि ८४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताउनुभयो ।
तेह्रौैँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी (लियाजन) समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?