शेयर बजार ः छ अङ्कले घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
शेयर बजार ः छ अङ्कले घट्यो

सारांश

  • काठमाडौँ, १० मङ्सिर , लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ ।
  • यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।

काठमाडौँ, १० मङ्सिर , लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।

घटेको बजारमा आज कारोवार रकममा समेत सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य २ दशमलव २७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ४ दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक ५ दशमलव ७६, जलविद्युत् ५ दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव ३, उत्पादन ३ दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ बिन्दुले घटेको छ ।

घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
कांग्रेसको मुद्दा बनेका डा. केसीले जुस पिए, अब के गर्ला कांग्रेस ?
कांग्रेसको मुद्दा बनेका डा. केसीले जुस पिए, अब के गर्ला कांग्रेस ?
‘म भात जोरुँ कि कविता लेखूँ?’
‘म भात जोरुँ कि कविता लेखूँ?’