सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे

सारांश

  • काठमाडौं, २४ साउन ।
  • मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ ।
  • मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो ।

काठमाडौं, २४ साउन । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो ।  मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन–२०७४, मुलुकी देवानी कार्यवीधी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन –२०७४ कार्यान्वयनमा आउन लागेको हो ।

तर धेरै सर्वसाधारणले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनीहरूले यसमा सरकार र सम्बन्धित निकायको नै कमजोरी रहेको गुनासो गरेका छन् । उनीहरू भन्छन्–यसबारे हामीलाई कसैले जानकारी दिएको छैन न सरकारले न सम्बन्धित अन्य अन्य निकायले । आफूहरूलाई प्रशिक्षण दिइनुपर्ने या अन्तक्रीयामा सहभागी गराइनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?