किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
सारांश
- उदयपुर १५,कार्तिक।
- सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिता राउत र उनका दाजु बाबुराम चौहान र भाउजुलाई सोमबार उदयपुरको कटारी प्रहरीले पक्राउ गरेको छ ।
- न्यायाधीश श्रीमान्को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो ।
उदयपुर १५,कार्तिक। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिता राउत र उनका दाजु बाबुराम चौहान र भाउजुलाई सोमबार उदयपुरको कटारी प्रहरीले पक्राउ गरेको छ ।न्यायाधीश श्रीमान्को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो ।
न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोमबार नै पक्राउ गरेपनि अदालतबाट म्याद लिएपछि बुधबारमात्रै पक्राउ परेको जानकारी दिइएको हो ।
ललिता चौहान, बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलसमेतले मिलेमतो तथा षड्यन्त्र गरी कटारी नगरपालिका ३ बाट गत असोज १० र ११ गते बाबु प्रकाशमानसिंह राउत, आमा ललिताकुमारी राउत बाजे बलबहादुर राउत भनि किर्ते ल्याप्चे समेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्म दर्ता बनाइदिएको आरोप छ । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताए ।
कटारी नगरपालिका ३ को वडा कार्यालयले किर्ते गरी जन्मदर्ता गराएको जनकारीपछि जन्मदर्ता बदर गरेको छ । किर्ते गरी अर्काको बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामबहादुर पोखरेलले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया