सभापति चयनका लागि मनाेनयन निर्विराेध नभए चुनाव हुने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सभापति चयनका लागि मनाेनयन निर्विराेध नभए चुनाव हुने !

सारांश

  • काठमाडौं ४ असोज ।
  • प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार  मनोनयन हुने भएकाे छ ।
  • संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सहज बहुमत रहेको छ ।

काठमाडौं ४ असोज । प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार  मनोनयन हुने भएकाे छ । संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सहज बहुमत रहेको छ । सभापति निर्विरोध चयन नभए भोलि चुनाव हुनेछ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अनुमान गरिएकाे छ । तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ । यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् । सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य आठ समितिमा नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ । विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ । अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष थिइन । महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ । संयुक्त सदनका सभापति चयनको प्रक्रिया भने अगाडि बढेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
Esha Deol enjoying vacation with hubby Bharat and daughter Radhya in California, see pics
Esha Deol enjoying vacation with hubby Bharat and daughter Radhya in California, see pics
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
मेसी र रोनाल्डो दुबैको गोल
मेसी र रोनाल्डो दुबैको गोल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो