वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?

सारांश

  • काठमाडौं, ६ माघ ।
  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् ।
  • पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नियमति कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै नेता महतोले यस्तो जिकिर गरेका हुन् ।

काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नियमति कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै नेता महतोले यस्तो जिकिर गरेका हुन् । उनले भने,‘मैले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी वीरगन्ज बन्नुपर्छ भनेर बोलेको छैन, सबै हिसावले यो प्रदेशको राजधानी जनकपुर हुनुपर्छ, यो ऐतिहाँसिक स्थल हो, सरकारले अहिले अस्थायी राजधानी तोकेको छ, यो स्वागतयोग्य कुरा हो।’ उनले प्रदेश राजधानीको विषयमा अहिले आन्दोलन गर्नुको कुनै औचित्य नभएको समेत जिकिर गरे ।

नवनिर्वाचित सांसद रहेका नेता महतोले २ नम्बर प्रदेशमा राजपा–फोरम नेतृत्वको सरकार बन्ने समेत विश्वास दिलाए । उनले भने,‘२ नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, उपेन्द्र यादवजीको पार्टीकै नेतृत्वमा प्रदेश सरकार हुन्छ, यसमा कुनै विवाद छैन्।’

त्यस्तै उनले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचनबारे कांग्रेससँग चुनावी गठबन्धन बनाउनको लागि आन्तरिक छलफल भैरहेको समेत जानकारी दिए । यद्धपी उनले आफूहरुसँग चुनावी तालमेलको लागि वाम गठबन्धनले पनि प्रस्ताव गरेको खुलासा गरे ।

महतोले संविधान संशोधन नभए मधेशमा अर्को आन्दोलन हुने पनि चेतावनी दिए । उनले भने,‘हाम्रो मुख्य एजेण्डा संविधान संशोधन हो, यसको लागि हामी परि आए अर्को आन्दोलन गर्न पनि तयार छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
अनि उनले सोधिन् ..
अनि उनले सोधिन् ..
पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो
पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो
हिउँ परेपछिको चन्द्रागिरि…
हिउँ परेपछिको चन्द्रागिरि…
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा