थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि …

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि …

सारांश

  • स्याङ्जा, २५ भदौ ।
  • श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।
  • आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो ।

स्याङ्जा, २५ भदौ । श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।”

भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराउनुभएको छ । उहाँले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराउनुभएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उहाँले भन्नुभयो, “मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद । श्रीमान्ले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमान्का बिरुद्ध उत्रिन बध्य भएको बताउनुभयो ।

विसं २०४४ मा आपूmहरूको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमान्ले विसं ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करीब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको उहाँले बताउनुभयो ।
घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको बताउनुभयो ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उहाँले बताउनुभयोे ।उक्त अदालतका से्रस्तेदार आचार्यले भन्नुभयो, “बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसंग विसं २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा विसं २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र विसं २०७४ वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज
आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”

तपाईंले छुटाउनुभयो कि?