कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

सारांश

  • काठमाडौँ, ३० चैत , कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
  • फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्नुहुँदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ ।

काठमाडौँ, ३० चैत , कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्नुहुँदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ ।” उहाँले पुष्प व्यवसायीलाई लक्षित गर्दै भन्नुभयो, “उपयुक्त एजेण्डा लिएर आउनुस् कृषिमा अनुदानको रकम बढाउँछौँ । व्यवसायीले अन्तर्राष्ट्रिय निर्याततर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं २ का सांसद रामेश्वर फुयाँलले शारीरिक र मानसिक दुवै तरिकाबाट काम गर्नेलाई समान तरिकाले हेर्नुपर्नेमा जोड दिँदै देशको आर्थिक संवृद्धिका लागि कृषि क्षेत्र नै सबैभन्दा बढी बलियो आधार रहेको बताउनुभयो ।

एशोसिएसनका अध्यक्ष कुमार कसैँजु श्रेष्ठले उत्पादित कृषि वस्तु बजारीकरण र कृषिजन्य वस्तु प्रदर्शनीका लागि उपयुक्त कक्ष आवश्यक रहेकाले त्यस किसिमको वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ भृकुटीमण्डपमा मेला शुरु भएको छ ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् ।

नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको बताइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् । अझै पनि २० प्रतिशत फूल भारतबाट आयात गरिँदै आएको छ ।

उद्घाटन कार्यक्रममा लामो समयदेखि पुष्प व्यवसायमा उत्कृष्ट फूल उत्पादन गरेको भन्दै न्यू काठमाडौँ उपत्यकाको सन फ्लावर नर्सरी, ओम नर्सरी, मिलन नर्सरी, सिर्जना नर्सरी, सुनखरी पुष्प नर्सरी, इचङ्खुनारायण नर्सरी र सिर्जना कट फ्लावर नर्सरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
दरबारमार्गकाे  रेस्टुरेन्टमा रोबोटले सेवा दिने
दरबारमार्गकाे रेस्टुरेन्टमा रोबोटले सेवा दिने
देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल
देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
सैनिक–नागरिक सम्बन्ध विस्तारमा स्वास्थ्य शिविर कोसेढुङ्गा
सैनिक–नागरिक सम्बन्ध विस्तारमा स्वास्थ्य शिविर कोसेढुङ्गा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक