कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
कुकुर मर्दा रोयो सारा दुनिया, कारण यस्तो छ

सारांश

  • इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् ।
  • उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
  • उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् ।

इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले दिएको विषबाट आफ्नो कुकुरको मृत्यु भएको जानकारी उनले दिएका हुन् ।

फाबियानोले फेसबुकमा कुकुरको मृत्यु सम्बन्धी दिएको जानकारीलाई ६६ हजारभन्दा बढीले शेयर गरेका छन् । फाबियानोले फेसबुकमा कुकुरलाई सम्बोधन गर्दै लेखेका छन्, ‘त्यहाँ गएर पनि आफ्नो काम जारी राख्नू, हराइरहेका मानिसलाई खोज्नू र उनीहरुको जीवन बचाउनू ।’

वास्तवमा काओसले सन् २०१६ अगस्टमा इटलीमा गएको भूकम्पपछि उद्धारका क्रममा कयौं मानिसको ज्यान जोगाएको थियो । उसले भग्नावशेषमा पुरिएका मानिसको खोजीमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

सोही कारण इटलीमा उक्त कुकुर निकै प्रशिद्ध भएको थियो । उसलाई कतिपयले ‘हिरो’ भन्ने गरेका थिए । शनिबार फाबियानोले फेसबुकमा आफ्नो कुकुर हराएको सूचना दिएका थिए । उनले काओसलाई कसैले देखेमा आफूलाई खबर गर्न आग्रह गरेका थिए । केही घण्टापछि उनले अर्को स्टाटस पोस्ट गर्दै काओसको मृत्यु भएको जानकारी दिए । उनले लेखे, ‘तिमीले दिन–रात एक गरेका थियौ, तिमी एक वफादार मित्र थियौ, मेरो मित्र १ दौड, नरोकिनू ।’

फाबियानाका साथ काओस मध्य इटलीमा बस्दै आएको थियो । काओसको मृत्युपछि फेसबुक र ट्वीटरमा लाखौं मानिसले श्रद्धाञ्जली अर्पणसहितका सन्देश दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?