सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
१५ पटक हेरिएको
Shares
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • सांसद महेश बस्नेतले केही सदावहार माननीयहरु सदनमा तथ्य र प्रमाणबिना बोल्दा सदनकै गरिमामाथि प्रश्न उठेको बताएका छन् ।
  • सदनमा बोल्दै सांसद बस्नेतले भने, “तथ्यलाई ट्वीष्ट गरेर माननीयहरु बोल्ने र ती कुराहरु अर्को दिनका समाचार यहाँ आएर भन्ने गर्दा सदनको गरिमामाथि नै प्रश्न उठेको छ ।

काठमाडौं, २१ भदौ । सांसद महेश बस्नेतले केही सदावहार माननीयहरु सदनमा तथ्य र प्रमाणबिना बोल्दा सदनकै गरिमामाथि प्रश्न उठेको बताएका छन् । सदनमा बोल्दै सांसद बस्नेतले भने, “तथ्यलाई ट्वीष्ट गरेर माननीयहरु बोल्ने र ती कुराहरु अर्को दिनका समाचार यहाँ आएर भन्ने गर्दा सदनको गरिमामाथि नै प्रश्न उठेको छ ।”

सांसद बस्नेले शून्य समय र विशेष समय लिएर बोल्ने माननीयहरुका अभिव्यक्ति चुनावको तयारीका भाषण जस्ता भएको बताए । हरेक विषयमा प्रधानमन्त्री र सरकार जोडेर माननीयहरु बोल्ने गरेको आरोप लगाउँदै सांसद बस्नेतले मुलुकी ऐन विस्थापन गर्न ल्याइएका देवानी र फौजदारी संहिता पूर्वप्रधानमन्त्री देउवाकै पालामा पारित भएको स्पष्ट पारे ।

“देवानी र फौजदारी संहिताका लागि लामो तयारी भएको छ । बद्रीबहादुर कार्की र पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले देवानी र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले फौजदारी संहिताको ड्राफ्ट गरेको र त्यो सदनमा आएपछि राधेश्याम अधिकारी र कृष्णभक्त पोख्रेलहरुले लामो तयारी गर्नुभयो । व्यापक छलफलहरु भए । नमूना संविधान ल्याएका छौं र प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेका छौं”, सांसद बस्नेतले भने । उनले थपे, “तर राजनीतिकरण गर्ने हिसावले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न उठाउने गरिएको छ । यो संहिता अहिले होइन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नै पारित भएको हो । एक वर्षपछि भदौ १ गतेबाट संहिता कार्यान्वयन मात्रै भएको हो ।”

त्यसैगरी चिकित्सकहरुको गरिमा र समाजमा उनीहरुको सम्मान र मर्यादालाई ध्यान दिएर यो संहिता आएको सांसद बस्नेतले प्रष्ट पारे । “एउटा खुट्टाको अप्रेशन गर्ने ठाउँमा अर्को खुट्टाको र एउटा किड्नीको अप्रेशन गर्न थाल्दा अर्को किड्नीको अप्रेशन गर्ने जस्ता लापर्वाही नहोस् भनेर यो आएको जस्तो लाग्छ ।”

सांसद बस्नेतले अध्यागमन विभागले एकजना व्यक्तिलाई विदेश जान रोकेको विषय जोडेर प्रधानमन्त्रीकै राजीनामा मागिनु हाँस्यास्पद भएको बताए । “समाज कल्याण परिषद्ले एनजीओ÷आइएनजीओको नाउमा विदेश जाने भ्रमणलाई नियमन गर्नका लागि अध्यागमन कार्यविधिको १ को ३ मा शंकास्पद कागजपत्र देखिएको व्यक्तिको हकमा भ्रमण रोक्नसक्ने प्रावधान छ”, बस्नेतले भने, “चासोको विषय भएपछि सोध्दा भ्रमण गर्ने व्यक्तिको कागजपत्र शंकास्पद देखिएको र पर्याप्त कागजपत्र बनाएर आउन आग्रह गरिएको विषयलाई राजनीतिकरण गरेर उछालिएको छ ।”

सांसद बस्नेतले सदनमा ट्वीष्ट गरेर मिडियाको समाचार बन्ने ढंगले माननीयहरुले अभिव्यक्ति दिने गरेको आरोप पनि लगाए । उनले भने, “बिहान तिनै समाचारपत्र हेरेर कुनै तथ्य र आधारबिना यहाँ बोल्ने सदावहार माननीयहरुको अभिव्यक्ति सुन्दा सदनको गरिमामाथि नै प्रश्न उठ्ने सम्भावना छ ।”

हेर्नुहोस् भिडियो

https://youtu.be/AAL8f2O5H2c

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?