गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
५३ पटक हेरिएको
Shares
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह

सारांश

  • भक्तपुर।
  • भक्तपुरको ६ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटर चालकको ज्यान गएको छ।
  • १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालक महिलाको घटनास्थलमै ज्यान गएको हो।

भक्तपुर। भक्तपुरको ६ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटर चालकको ज्यान गएको छ।

१२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालक महिलाको घटनास्थलमै ज्यान गएको हो।

काठमाडौबाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा ठक्कर दिई स्कुटरचालकलाई घिसारेर ज्यान लिएको भन्दै स्थानीय आक्रोशित छन्। स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र तनावग्रस्त बनेको छ।

दुर्घटनापछि ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ। शव चक्का मुनी बिभत्स अवस्थामा देखिन्छ। दुर्घटना दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ। प्रहरीले शव उठाउन सकेको छैन।

अवस्था शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ । सबैलाई सम्यमता अपनाउन र तनावपूर्ण अवस्था सृजना भएको हुँदा सो क्षेत्रबाट यात्रा गर्दा सावधान रहन सिडिओ रोशनीकुमारी श्रेष्ठले आग्रह गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
फ्रान्समा गोली चल्दा तीनको मृत्यु
फ्रान्समा गोली चल्दा तीनको मृत्यु
मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी
मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
थाहा पाउनुहोस् बिहीबारको राशिफल
थाहा पाउनुहोस् बिहीबारको राशिफल
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !