कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

सारांश

  • काठमाडौँ ।
  • किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ?
  • उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो ।

काठमाडौँ । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ– कालिकोटको खाँडाचक्रम नगरपालिकामा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार विशेष अदालतमा दायर गरेको एक मुद्दाले पनि सोही कुरा स्पष्ट पारेको छ ।

नगरपालिकाले पोल्ट्री बङ्गुर फार्मसँग चार सय २० कुखुरा उपलब्ध गराउने सम्झौता गर्‍यो । नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिए तर चेक लुकाए । त्यसको पछाडिको कारण थियो फार्मसँग घुस माग्नु ।

नगरपालिकाको वडा नं ३ र ४ मा लघु उद्यम विकासअन्तर्गत कुखुरा सीप विकास कार्यक्रम चलाइएको छ । त्यसका लागि साकोनी जातको चल्ला खरिद गरेर किसानलाई उपलब्ध गराउने योजना थियो । कुखुरा पालनसम्बन्धी १५ दिने तालिम सञ्चालन गर्ने योजना तय भएको थियो तर, एक दिन मात्रै तालिम सञ्चालन गरी पूर्णरुपमा तालिम सञ्चालन भएको भनी नक्कली विवरण तयार पारिएको आयोगले गरेको अध्ययनमा देखिएको छ ।

नायब सुब्बा देवकोटाले फोल्ट्री फार्मलाई रु एक लाख ८० हजार एक सय १८ बराबरको भुक्तानी सम्झौताअनुसार दिनुपर्ने थियो तर रु ३० हजार एक सय ८० बराबरको रकम भने घुस लिएको आयोगको आरोप छ ।

आयोगका अनुसार नायब सुब्बा देवकोटाले कार्यालयमा पेस गरेको विवरणमा भने रु एक लाख ९७ हजार आठ सय ९५ बराबरको भुक्तानी गरेको देखिन्छ ।

यस आधारमा नासु देवकोटाविरुद्ध आयोगले दुई वटा फरक–फरक मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आयोगले कैद र बिगोबमोजिमको कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?