वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
९३ पटक हेरिएको
Shares
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने  तयारी

सारांश

  • वातावरण विभागले आगामी आर्थिक वर्षमा धुवाधुलो प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी गरेको छ ।
  • काठमाडौं र पोखरा गरी सात ठाउँमा उपकरण जडान गर्ने योजना रहेको विभागका प्रवक्ता मोहनदेव जोशीले बताए ।
  • काठमाडौंमा चार र पोखरामा तीनवटा उपकरण जडान गरिनेछ ।

वातावरण विभागले आगामी आर्थिक वर्षमा धुवाधुलो प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी गरेको छ । काठमाडौं र पोखरा गरी सात ठाउँमा उपकरण जडान गर्ने योजना रहेको विभागका प्रवक्ता मोहनदेव जोशीले बताए ।

काठमाडौंमा चार र पोखरामा तीनवटा उपकरण जडान गरिनेछ । रत्नपार्क, कुपनडोल, धुलिखेल, सौराह र लुम्बिनीमा यसअघि नै उपकरण जडान गरिसकिएको छ । देशभर ५६ स्थानमा उपकरण राख्ने सरकारी योजना छ । आर्थिकभार कम परोस् भनेर क्रमिक रूपमा उपकरण जडान गर्ने नीति लिइएको जोशीले बताए ।

उपकरण जडान भएपछि प्रदूषण नियन्त्रण गर्न सजिलो हुने विभागको विश्वास छ । एउटा उपकरण जडान गर्न २० देखि २५ लाखसम्म खर्च हुने गरेको छ ।

सबैभन्दा हानिकारक २ दशमलव ५ पिएम
प्रदूषण मापन केन्द्रले दुई किसिमले मापन गर्दै आएको छ । एउटा २ दशमलव ५ पार्टिकुलर म्याटर ९पिएम० मा अधिकतम ४० माइक्रोग्राम र अर्को १० पिएममा अधिकतम एक सय २० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने व्यवस्था छ । २ दशमलव ५ पिएम सबैभन्दा हानिकारक हुन्छ । यसले स–साना धूलो, धुवाँका कणलाई मापन गर्छ । यस्ता कण फोक्सो हुँदै रगतसम्म पुग्ने विज्ञहरूले बताएका छन् ।

उपत्यकाबाहिर धेरै प्रदूषण
केन्द्रका अनुसार सबैभन्दा धेरै प्रदूषण उपत्यकाबाहिर देखाएको छ । सौराह र लुम्बिनीमा राखिएका उपकरणले सबैभन्दा धेरै प्रदूषण देखाएका हुन् । काठमाडौंको रत्नपार्कमा राखिएको उपकरणले प्रदूषण तेस्रो स्थानमा देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
कोरोनाका भाइरसको शंकास्पद बिरामी अस्पतालबाट भागे
कोरोनाका भाइरसको शंकास्पद बिरामी अस्पतालबाट भागे
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘
‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
सशस्त्रको छानबिन गोप्य
सशस्त्रको छानबिन गोप्य