उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • मंगलबारे, इलाम, २ जेठ, इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् ।
  • सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो ।
  • सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु तीन लाख १० हजार सहयोग गरेको छ ।

मंगलबारे, इलाम, २ जेठ, इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् ।

सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो । सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु तीन लाख १० हजार सहयोग गरेको छ ।

सो रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रमबीच बिरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश बराल र युद्धप्रसाद वैद्यले हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, इलाम नगरपालिका–५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सोही अवसरमा नगद रु ६२ हजार रकम उपलब्ध गराइएको छ । सो रकमसमेत संस्थापक अध्यक्ष खनालसहित इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, इलाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नुतनदेव दुलालले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा सेवा समाजले सन्दकपुर गाउँपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद रु ३० हजार हस्तान्तरण गरेको छ । सो रकमसमेत सेवा समाजका संस्थापक अध्यक्ष खनालसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु र महासंघका १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेलीले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा ऋतिककै परिवारलाई सञ्चारकर्मी नरेन इलामेलीले संकलन गरेको रु १३ हजार ८५० समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?