‘कुख्यात अपराधी’ चार्ल्स शोभराज छुट्लान् त ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
‘कुख्यात अपराधी’ चार्ल्स शोभराज छुट्लान् त ?

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले कुख्यात अपराधी ठहरिएका चाल्र्स गुरुमुख शोभराजलाई थुन्ने वा छोड्ने भन्ने विषयमा सरकारलाई जिम्मेवारी दिंदै परमादेश दिएको छ ।
  • ज्येष्ठ नागरिकको रुपमा कैद छुट माग्दै सर्वोच्च पुगेका शोभराजलाई कैद छुट दिने वा थुन्ने भन्ने विषयमा तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी ठहरिएका चाल्र्स गुरुमुख शोभराजलाई थुन्ने वा छोड्ने भन्ने विषयमा सरकारलाई जिम्मेवारी दिंदै परमादेश दिएको छ । ज्येष्ठ नागरिकको रुपमा कैद छुट माग्दै सर्वोच्च पुगेका शोभराजलाई कैद छुट दिने वा थुन्ने भन्ने विषयमा तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

ज्येष्ठ नागरिक ऐनमा ७० वर्ष पुगेका नेपाली नागरिकलाई छुट दिनुपर्ने व्यवस्था छ । तर, उनी विदेशी नागरिक हुन् । विदेशी नागरिकलाई नेपाली नागरिक सरह छुट दिने वा नदिने जिम्मा सरकारकै हातमा पुगेको छ । ज्येष्ठ नागरिक ऐनमा ७० वर्ष पुगेका ज्येष्ठ नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ ।

त्यही कानुनी व्यवस्थामा टेकेर सर्वोच्च पुगेका शोभराजले नेपाली नागरिकसरह छुट खोजेका छन् । सजाय भोगिरहेका प्राmन्सेली नागरिक शोभराजको रिट निवेदन जारी भएको छ । शोभराजलाई काठमाडौँ र भक्तपुर जिल्ला अदालतले अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले सन् २०६० साल देखि कैद सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
कुमारी बैंकले लाभांश शेयर दिने
कुमारी बैंकले लाभांश शेयर दिने
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते
इलुङ झरनामा पूर्वाधार निर्माण शुरु, क्यानोनिङको तयारी
इलुङ झरनामा पूर्वाधार निर्माण शुरु, क्यानोनिङको तयारी
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर