सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्या भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्या भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएका हुन्। आइतबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै उनले बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको बताए। ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको छ’, सभापति देउवाको भनाइ थियो–‘यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन।’

सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते कुरा राखिएको उल्लेख गर्दै त्यो कार्यान्वयन नहुने दावी गरे। उनले लडहमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले त्यसको कार्यान्वयन हुने कुनै आधार नरहेको दावी गरे। सभापति देउवाले आफ्नो पालामा सुरु गरिएको कतिपय कार्यक्रमहरुको जस सरकारले लिन खोजेको भन्दै आपत्ति पनि जनाए। उनले न्यानो स्याटलाईट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएपनि त्यसलाई सरकारले आफैले अन्तरिक्षमा पठाएजस्तो बकम्फूसे दावी गरेको भन्दै असन्तुष्टि जनाए।

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीसँग मुलुकमा पूँजी सृजना तथा परिचालन गर्ने कुनै ज्ञाननै नभएको दावी गर्नु भयो । उहाँले लगानी कसरी बढाउने, रोजगारी कसरी वृद्धि गर्ने ? वर्तमान सरकारको नेतृत्वको कुनै पनि ज्ञान, सीप र तागत नभएको बताए। सभापति देउवाले विना योजना ल्याइएको सरकारको नीति तथा कार्यक्रम पूरा नहुने निष्कर्षमा आफ्नो पार्टी पुगेको बताए।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?