चुनाव चिन्ह अंकित टिसर्ट, झोला र टोपी नछाप्ने दलहरुको प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चुनाव चिन्ह अंकित टिसर्ट, झोला र टोपी नछाप्ने दलहरुको प्रतिबद्धता

सारांश

  • ओखलढुंगा, कात्तिक  ६– ओखलढुंगामा क्रियाशील राजनीतिकदलहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा दलका नेता तथा उम्मेदवारहरुले चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, झोला नछाप्ने, आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
  • निर्वाचनमा आचारसंहिता पालन नभएको चौतर्फी गुनासो आएपछि उम्मेदवार तथा दलका नेताहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

ओखलढुंगा, कात्तिक  ६– ओखलढुंगामा क्रियाशील राजनीतिकदलहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा दलका नेता तथा उम्मेदवारहरुले चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, झोला नछाप्ने, आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचनमा आचारसंहिता पालन नभएको चौतर्फी गुनासो आएपछि उम्मेदवार तथा दलका नेताहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने जनाएका छन् । निर्वाचन कानुन तथा आचारसंहिता पालन गरेर चुनावको समयमा ओखलढुंगालाई नमुना बनाउनु पर्ने एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज सुनुवारले बताउनुभयो । उहाँले राज्यका निकायलाई चुनावपछि धन्यवाद दिन पाइयोस् भन्दै आचारसंहिता र कानुनको परिपालना गराउन सचेत गराउनुभयो ।

कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाले चुनावलाई स्वस्थ बनाउन प्रचारप्रसारलाई समेत एकै थलोमा गर्न अन्य दलहरुलाई प्रस्ताव गर्दै कांग्रेसका तर्फबाट आचारसंहिता उलङ्घन नहुने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष नेत्र भट्टराईले विगतमा मतदाता किनबेच र मत माग्न जाँदा विकासका योजना दिने र भोट प्रभावित पार्ने काम भएको जनाउँदै सुरक्षा निकाय सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलमा जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत कैलाश केशीले आफूले संकटका समयमा पनि तराईका क्षेत्रमा चुनाव गराएको जनाउँदै जनमत दायाँ बाँया हुन नदिइ बाहिर ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निष्पक्ष चुनाव लोकतन्त्रको मर्म भएकाले सचेत भएर प्रचारमा जुट्न दलहरुलाई आग्रह गर्नुभयो ।

छलफलमा सञ्चार माध्यममले पालन गर्नु पर्ने आचारसंहिताबारे समेत छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले सञ्चार माध्यम र पत्रकारले आचारसंहिताको ख्याल गर्न आग्रह गनुर््भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?