‘कुटुमा कुटु’को नयाँ रेकर्ड, युट्युवमा ४ करोड बढी भ्युअर
सारांश
- गीत ‘कुटुमा कुटु’ले नयाँ रेकर्ड बनाएको छ।
- फिल्म ‘२ रुपैयाँ’मा समावेश गरिएको यस गीतको भिडियोले युट्युवमा ४ करोड बढी भ्युअर पाएको छ ।
- यो नेपाली युट्युवमा अहिलेसम्मकै सर्वाधिक भ्युअर संख्या हो ।
गीत ‘कुटुमा कुटु’ले नयाँ रेकर्ड बनाएको छ। फिल्म ‘२ रुपैयाँ’मा समावेश गरिएको यस गीतको भिडियोले युट्युवमा ४ करोड बढी भ्युअर पाएको छ । यो नेपाली युट्युवमा अहिलेसम्मकै सर्वाधिक भ्युअर संख्या हो ।
‘कुटुमा कुटु’मा राजनराज सिवाकोटीले संगीत भरेका छन्। राजनराजकै शब्द रहेको गीतमा राजनराज, मेलिना राई र राजन इशानको स्वर रहेको छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा स्वस्तिमा खड्काले नृत्य गरेकी छन्।
स्वस्तिमासँगै भिडियोमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तमाङ पनि फिचरिङ छन्। भदौ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘२ रुपैयाँ’लाई असीम शाहले निर्देशन गरेका हुन्।
‘२ रुपैयाँ’मा असिफ, निश्चल र बुद्धिका अलावा मेनुका प्रधान, रवीन्द्र मिश्र, राजन इशानको पनि भूमिका रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया