इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?

सारांश

  • मुम्बई।
  • सामाजिक संजाल साइट इन्स्टाग्राममा तपाइँ सेल्फी पोस्ट गर्नुहुन्छ, साथी तथा परिवारजनसँगको रमाइलो पल शेयर गर्नुहुन्छ र लाइक आउँदा खुशी हुनुहुन्छ।
  • तर, के तपाइँलाई थाहा छ सेलेब्स आफ्नो इन्स्टाग्राम अकाउन्ट पोस्ट गरेको कति पैसा लिन्छन्रु यो रकम हजारौं र लाखौंमा होइन करोडौंमा हुन्छ।

मुम्बई। सामाजिक संजाल साइट इन्स्टाग्राममा तपाइँ सेल्फी पोस्ट गर्नुहुन्छ, साथी तथा परिवारजनसँगको रमाइलो पल शेयर गर्नुहुन्छ र लाइक आउँदा खुशी हुनुहुन्छ। तर, के तपाइँलाई थाहा छ सेलेब्स आफ्नो इन्स्टाग्राम अकाउन्ट पोस्ट गरेको कति पैसा लिन्छन्रु यो रकम हजारौं र लाखौंमा होइन करोडौंमा हुन्छ। ताजा रिपोर्टका अनुसार बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली एक इन्स्टाग्राम पोस्टका लागि करोडौं रुपैयाँ लिन्छ।बेलायतको सामाजिक संजाल म्यानेजमेन्ट कम्पनी हूपर एचक्यूले ‘२०१९ इन्स्टाग्राम रिच लिस्ट’ जारी गरेको छ।

यो लिस्टमा हलिउडकी हस्ती काइली जेनर सबैभन्दा अगाडि छन्। यही सूचीमा विराट कोहली र प्रियंका चोपडा पनि छन्।इन्स्टाग्राममा प्रियंका चोपडाका चार करोड ३० लाख भन्दा धेरै फलोअर्स छन्। प्रियंकाको इन्स्टाग्राममा पोस्ट भएका सामाग्रीलाई ४ करोड ३० लाख जनाले हेर्छन्। यदि कुनै व्यक्ति वा कम्पनी आफ्नो प्रचार प्रियंकाको अकाउन्टबाट गराउन चाहन्छ भने उसले ठूलो रकम खर्च गर्नुपर्छ।

View this post on Instagram
Xanax) 5px; flex-grow: 0; margin-right: 14px; margin-left: 2px;”>

InStyle, July 2019.

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

हूपर एचक्यूको दाबी अनुसार प्रियंका एउटा इन्स्टाग्राम पोस्टको २७१००० करोड डलर लिन्छिन्।क्रिकेटर विराट कोहलीका फ्यान फलोइङ क्रिकेट र ग्यामर जगतसँग जोडिएका कारण धेरै छन्। उनको इन्स्टाग्राममा ३ करोड ६१ लाख भन्दा धेरै फलोअर्स छन्। विराट आफ्नो अकाउन्टमा एउटा सामाग्री पोस्ट गरेको एक करोड ३५ लाख लिन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?