नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै
सारांश
- काठमाडाैं ।
- नेपाल टी-२ क्रिकेट लिगमा आज पनि दुई वटा खेल हुँदैछन् ।
- पहिलाे खेलमा अहिले केहीबेरमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् ।
काठमाडाैं । नेपाल टी-२ क्रिकेट लिगमा आज पनि दुई वटा खेल हुँदैछन् ।पहिलाे खेलमा अहिले केहीबेरमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकाे छ ।
यसअघि आफूले खेलेका दुबै खेल जितेकाे लुम्बिनी ४ अंकसहित अंक तालिकाकाे शीर्ष स्थानमा छ । दुबै खेल हारेकाे पाेखरा अंकबिहीन छ ।
त्रिवि क्रिकेट मैदानमै आज दिउँसाे १ बजे सुरु हुने दाेस्राे खेलमा काठमाडाैं नाइट्स र जनकपुर रोयल्स भिड्दै छन् । २ खेलबाट ४ अंक जाेडेकाे जनकपुर अंकतालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट काठमाडाैंले २ अंक जाेडेकाे छ ।प्रतियाेगितामा ६ टोली सहभागी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया