किन मारिन् आमाले दुई महिनाको छोरी !
सारांश
- काठमाडौं ।
- गुल्मीको गुल्मी की एक आमालाई आफ्नी दुई महिनाकी छोरी मारेको आरोप लागेको छ ।
- दरवार गाउँपालिका ४ बस्ने ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेको आरोप लागेको हो ।
काठमाडौं । गुल्मीको गुल्मी की एक आमालाई आफ्नी दुई महिनाकी छोरी मारेको आरोप लागेको छ । दरवार गाउँपालिका ४ बस्ने ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेको आरोप लागेको हो ।
आरोपित विकले दुई महिनाकी छोरी विष्णु बिकलाई बिहिबार साँझ हत्या गरेको आरोप लगाइएको हो । स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेकी थिइन् ।
स्थानीयका अनुसार उनले हत्या गर्न खोज्दा अरुले जोगाउँदै आएको स्थानीय वडाध्यक्षले खुमबहादुर पल्लीले बताएका छन् । आमाले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेको बताइएको छ ।
विकलाई गिरफ्तार गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया