कुन बार जन्मिने मानिस कस्तो छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
कुन बार जन्मिने मानिस कस्तो छ ?

सारांश

  • आइतबार – आइतबार जन्मिने मानिस शुरवीर, पातलो केश भएको, लडाईमा विजयी, केहि कालो बर्णको, दानी,उत्साही र तेजस्वी हुन्छ ।
  • सोमबार – सोमबार जन्मिने मानिस विद्वान, शान्त स्वभाव, प्रियवक्ता, व्यवहारिक तथा सुख र दुःखमा समान बुद्दि भएको हुन्छ ।
  • मंगलबार – मंगलबार जन्मिने मानिस घमण्डी, युद्धप्रिय, राजमन्त्रि, कृषि कार्यमा निपूर्ण, सत्व गुणी तथा तीक्ष्ण स्वभावको हुन्छ ।

आइतबार – आइतबार जन्मिने मानिस शुरवीर, पातलो केश भएको, लडाईमा विजयी, केहि कालो बर्णको, दानी,उत्साही र तेजस्वी हुन्छ ।

सोमबार – सोमबार जन्मिने मानिस विद्वान, शान्त स्वभाव, प्रियवक्ता, व्यवहारिक तथा सुख र दुःखमा समान बुद्दि भएको हुन्छ ।

मंगलबार – मंगलबार जन्मिने मानिस घमण्डी, युद्धप्रिय, राजमन्त्रि, कृषि कार्यमा निपूर्ण, सत्व गुणी तथा तीक्ष्ण स्वभावको हुन्छ ।

बुधबार – बुधबार जन्मिने मानिस सुन्दर स्वरुप भएको, कोमल वचन बोल्ने, सम्पत्ति युक्त, कलामा कुशल, व्यापारमा चलाखीले धन कमाउने, विद्वान र गुणी हुन्छ ।

बिहिबार – बिहिबार जन्मिने मानिस विद्वान, धनी, गुणवान, सुन्दर शरिर भएको, अरुको माध्यमबाट आफ्नो काम गराउने, सबैको प्रिय र लोकमा मान्य हुने हुन्छ ।

शुक्रबार – शुक्रबार जन्मिने मानिस कालो घुम्रेको कपाल भएको, प्रसन्न चित्त भएको, सेतो र स्वच्छ वस्त्र मन पराउने तथा सत्मार्गमा हिँड्ने हुन्छ ।

शनिबार – कर्मशील, शनिबार जन्मिने मानिस चाँडै नै बुढो हुने अर्थात् जवानीमै शिथिल हुने, पातलो शरीर भएको, तामसी र दुष्ट स्वभाव भएको हुन्छ ।

पुनश्चः कुण्डलीमा भएको ग्रहहरुको अवस्था महत्वपूर्ण हुन्छ , ग्रहहरुको अवस्था अनुसार माथि भनिएको सबै कÞुराहरु नमिल्न पनि सक्छ ।
ज्योतिष गोपाल अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?