दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
४२ पटक हेरिएको
Shares
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए

सारांश

  • काठमाडौं ।
  • गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो ।
  • सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए ।

काठमाडौं । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए ।

त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही–७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए । यी दुईवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गढबढी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुका कारण मापसे गरी तीव्रगति सवारी चलाउनु नै रहेको दाङ ट्राफिक प्रहरीको एक अनुसन्धानले जनाएको छ । वास्तवमा यी त उदाहरण मात्र हुन् ।

जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । यसैबीच यस आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनाको जिल्लामा ६५ सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्र्याक्टर सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।

गएको आर्थिक वर्ष २०७८/८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । सडक वारपार गर्नेका लागि पैदल यात्रुलाई सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क जाँच, बजारमा जेब्राक्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दुर्घटना घटनुका कारण अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्थाका कारण, यान्त्रिक गढबढी मुख्य रहेको ट्राफिक प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटनालाई न्यूनीकरण गर्नेका लागि चालक गम्भीर बन्नुपर्ने बताए ।

उनले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे । उनले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्ने लगायतले दुर्घटना बढी रहेको बताए ।

त्यसैगरी महिला अधिकारकर्मी राधा पाण्डेले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताए । उनले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने बताउनुभयो । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । उनले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्छ भने । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उनको धारणा छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरण मल्लले तीव्र गतिमा गाडी चलाउन, सवारीसाधन चुस्तदुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायतका कारणले दुर्घटना बढेको र नियन्त्रण गर्नेका लागि आफू गम्भीररुपमा लागि रहेको जानकारी दिए । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताए ।

राजस्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालयले चालु आवको साउनदेखि यही माघ १८ गतेसम्म अर्थात् साढे सात महिनाको अवधिमा ट्राफिक नियम पालना नगर्ने २१ हजार नौसय ५० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ४४ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव
बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
शनिबार पनि नेपाल आयल निगमले  पम्पहरुलाई तेल दियो
शनिबार पनि नेपाल आयल निगमले पम्पहरुलाई तेल दियो