कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !

सारांश

  • काठमाडौं, ९ जेठ ।
  •   प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ ।
  • प्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको विवरण सार्वजनिक गरेका छन् ।

काठमाडौं, ९ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको विवरण सार्वजनिक गरेका छन् ।

त्यस्तै निवर्तमान माओवादी केन्द्रबाट गृहमन्त्री बनेका राम बहादुर थापा बादलको सम्पत्ति पनि श्रीमती नैनकला थापाको नाममा रहेको विवरण सार्वजनिक गरिएको छ ।


प्रधानमन्त्री ओलीको भक्तपुर सूर्य बिनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर, झापाको पृथ्वीनगर १० कठ्ठा जग्गा श्रीमती शाक्यको नाममा रहेको विवरण आज सार्वजनिक गरिएको । प्रम ओलीकी श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको विवरणमा उल्लेख छ । त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गृहमन्त्री थापाकी श्रीमतीको नाममा चितवनमा केही जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उता, वर्तमान मन्त्रिपरिषदका सम्भवतः सबैभन्दा धनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको रहेको देखिएको छ । उनको नाममा धनुषा र काठमाडौंमा बिघौं जमिन तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको करोडौं मूल्यको शेयर रहेको विवरण आज सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

महासेठ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका ज्वाई समेत हुन् । यसअघि खासै लाभको पदमा नरहेका महासेठको सम्पत्ति पैतृक हो ।
त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रताप अधिकारीको सम्पत्ति भने आमा बुवाको नाममा रहेको छ ।

उनी हालसम्म पनि सगोल परिवारमा बस्दै आएका छन् ।
त्यस्तै रक्षामन्त्री ईश्वर पोखरेलको सम्पत्तिमा श्रीमती मिरा पोखरेलको नाममा कामठाडौंको धापासीमा २३ आनामा बनेको घर, मन्त्री पोखरेलको नाममा झापामा १२ कठ्ठा जमिन, श्रीमतीको नाममा भक्तपुरको नगरकोटमा माईतीबाट प्राप्त २७ आना जमिन र धादिङमा चार रोपनी जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै बरुण हाईड्रो, डिल्लीबजार कन्या कलेजलगायतमा सामान्य शेयर रहेको उल्लेख छ ।

उर्जा मन्त्री वर्षमान पुनको सम्पत्ति अत्यन्तै न्यून देखिएको छ । उनको बुवा आमाको नाममा रोल्पामा दुई वटा २५ र ३५ वर्ष पुरानो घर र पैत्तृक सम्पत्ति रहेको जनाइएको छ ।
त्यस्तै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको सम्पत्ति पनि श्रीमतीको नाममा काठमाडौंमा चार आना जग्गा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री ज्ञवालीको विवरणमा १४ लाख रुपैयाँ ऋण समेत रहेको उल्लेख छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gokarna Khatri

    Naam nai mahaseth

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
हिल्सा हुँदै  मानसरोवर  जाने तीर्थयात्रीको संंख्या बृद्धि
गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन १८ दिन  बाँकी
युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन १८ दिन बाँकी
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..

तपाईंले छुटाउनुभयो कि?