राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन

सारांश

  • काठमाडौँ ।
  • संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन गरेको छ ।
  • सिंहदरबारमा आज बसेको समितिको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न सुझाव दिनेगरी पाँच सदस्यीय स्थलगत अध्ययन समिति गठन गरेको हो ।

काठमाडौँ ।संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न सुझाव दिनेगरी पाँच सदस्यीय स्थलगत अध्ययन समिति गठन गरेको हो ।

खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहनु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सक र कर्मचारीको आन्दोलनका कारण विरामी प्रभावित बनेका छन् ।

बैठकमा समितिका सदस्यहरुले सो प्रतिष्ठानका पदाधिकारीले स्वास्थ्य सेवामा प्रतिकूल प्रभाव हुने गरी जथाभावी निर्णय गरेकाले त्यसलाई रोक्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । प्रतिष्ठानका कर्मचारीको आन्दोलनका कारण ६ महिनायता स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?