कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध

सारांश

  • चितवन, १५ साउन : पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
  • निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

चितवन, १५ साउन : पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?