कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ ।
  • उहाँले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

काठमाडौँ, १३ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ ।

उहाँले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

ऊर्जा मन्त्री शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै कार्यकारी निर्देशक घिसिङले विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण/वितरण लाइन आयोजना निर्माणलाई तीव्र्रता दिने कार्य निरन्तर जारी रहेको बताउनुभयो ।

प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनःसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउनेलगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायत ऊर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण समूह एकढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको व्यहोरासमेत जानकारी गराउँछु ।”

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि उहाँले अनुरोधसमेत गर्नु गर्नुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १८ गते शनिबारको राशिफल यस्तो छ
माघ १८ गते शनिबारको राशिफल यस्तो छ
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु
मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या