दाङ र कालीकोटमा पनि देखियो दादुरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
४० पटक हेरिएको
Shares
दाङ र कालीकोटमा पनि देखियो दादुरा

सारांश

  • काठमाडौँ ।
  • दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् ।
  • स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

काठमाडौँ । दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए ।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ । सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कूल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा) मा दादुरा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लामा १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह
भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित
भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा
प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित