कुलेखानी बाँधको ढोका नखोलिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कुलेखानी बाँधको ढोका नखोलिने

सारांश

  • हेटौँडा।
  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ।

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ।ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। उनका अनुसार तीनरचार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ।त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गएराति आएको पहिरामा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए। उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। पहिराले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाइते भएकी छिन्।बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरामा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। मकवानपुरको इन्द्रसरोवरमा आइतबार राति घरमा लडेको पहिरामा परी स्थानीय आमाछोरी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामीको शव सोमबार फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो।

यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो । जिल्लाकै कैलाश गाउँपालिका वडा नं १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो। यस्तै शुक्रबार नै जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वर्ष १४ की सृष्टी डिम्डुङको पहिराले पुरिएर मृत्यु भएको थियो।त्यसैगरी सिन्धुलीको हरिहरपुर गढी, सर्लाही तथा रौतहटका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यो पनी पढ्नुहोस्

कोशी ब्यारेजका सबै ढोका खोलिए
विराटनगर। सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए।नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए। नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ। हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

 

(https://thereader.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?