कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
४६ पटक हेरिएको
Shares
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

सारांश

  • काठमाडौं।
  • इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन्।
  • गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन्।

काठमाडौं। इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन्। गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन्। त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन्।

समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन्। ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन्। उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन्। ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ र ५ तलामा बस्छन्, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा।

अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उनको भनाइ छ ।

वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उनले बताए ।

पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् ।

उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताए । उनले भने, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’

उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताए । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भने । उनले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
मंसिर ४ को निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
नयाँ जातको गाईको विकास गरिँदै
नयाँ जातको गाईको विकास गरिँदै
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
बसमा भेटियो २८ वटा मरेका खसीबोका
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते