कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग

सारांश

  • मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो ।
  • झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्करूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उहाँले हर्षको आँशु खसाउनुभयो ।
  • सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाउनुभएको छ ।

मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्करूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उहाँले हर्षको आँशु खसाउनुभयो । सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाउनुभएको छ । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर उहाँले खुट्टा गुमाउनुपरेको थियो ।

दर्जी र पौडेल मात्र होइन, ताप्लेजुङको सिरीजङ्गा–५ का २२ वर्षीय राजकुमार भण्डारीलगायत २०० जनाले अर्जुनधाराधाममा आयोजित कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रमबाट सोमबार निःशुल्क लाभ उठाएका छन् । भण्डारीले ११ वर्षका उमेरमा विद्यालय जाने क्रममा रुखले किचेर एउटा खुट्टा गुमाउनुभएको थियो ।

स्वामी हेमानन्द गिरीको विशेष पहलमा कोलकाता भारतको महावीर सेवा सदनले जलेश्वरधाममा यही मङ्सिर १३ देखि २० गतेसम्म कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको हो । मुलुकका विभिन्न जिल्लाबाट ४०० भन्दा बढीले कृत्रिम हातखुट्टा लगाउनका लागि धाममा नाम लेखाएको र प्रत्यारोपण धमाधम भइरहेको शङ्कराचार्य गिरीले बताउनुभयो । धामले आफ्नो ३७औँ वार्षिक धार्मिक अनुष्ठानको अवसर पारेर कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको धामका अध्यक्ष नवीन गट्टानी बताउनुहुन्छ । टाढाबाट सेवा लिन आउनेलाई धामले खाने र बस्ने व्यवस्थासमेत निःशुल्क उपलब्ध गराएको छ ।

महावीर सेवा सदनले झापामा पहिलो पल्ट यस्तो शिविर सञ्चालन गरेको हो । कोलकाताबाट सात प्राविधिकको टोली अर्जुनधाराधाममा आएर कृत्रिम हातखुट्टा बनाउने अस्थायी कारखाना नै स्थापना गरेको छ । हातखुट्टा गुमाएका व्यक्तिको नापजाँच गरेर स्वास्थ्य परीक्षणपछि सोही कारखानामा कृत्रिम अङ्ग निर्माण गरिने भारतबाट आएका मुख्य प्राविधिक मुकेश पाण्डेले जानकारी दिनुभयो । प्राविधिकसमेत कृत्रिम हातखुट्टा प्रत्यारोपण गरेका व्यक्ति छन् ।

कृत्रिम हातखुट्टा लगाएपछि कम्तीमा पाँच वर्षसम्म कुनै मर्मतसम्भारविना हिँडडुल र सामान्य काम गर्न सकिने प्राविधिक पाण्डे बताउनुहुन्छ । प्रत्यारोपण गरिएको हात र खुट्टा साङ्गसरह देखिन्छ । अस्पतालमा एउटा कृत्रिम हात वा खुट्टा प्रत्यारोपण गर्दा रु ७५ हजारसम्म पर्ने बताइएको छ । यहाँ निःशुल्क उक्त सेवा उपलब्ध हुँदा सेवाग्राही दङ्ग छन् । स्वामी हेमानन्द धार्मिक संस्थाले गरीब, असहाय र पीडितलाई यसैगरी उद्धार हुने किसिमका सेवा प्रदान गर्नुपर्ने बताउनुहुन्छ ।

मधुमेहका कारण घाउ फैलिएर एक वर्षअघि एउटा खुट्टा काट्नुपरेको पीडा व्यहोर्दै आउनुभएका भद्रपुर–१ की ७० वर्षीया धनमाया तामाङले कृत्रिम खुट्टा लगाउन पाउँदा पुनःजन्म भएजस्तो खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोहोर साल नोबेल अस्पतालमा खुट्टा काट्नुपर्दा साह्रै पीर लागेर धेरै दिन रोएकी थिएँ, अहिले उस्तै खुट्टा जोडिदिँदा पहिलेजस्तै हिँडडुल गर्न सक्ने भएकी छु, खुशी लागेको छ ।” महावीर सेवा सदन कोलकाताले गत साता अर्जुनधाराधाममै निःशुल्क आँखा शिविरसमेत आयोजना गरेको थियो । तीन हजार ७०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको शिविरमा पाँच हजारभन्दा बढीले उपचार सेवा लिएका थिए । आँखा शिविर र कृत्रिम हातखुट्टा प्रत्यारोपणमा सदनले रु एक करोडभन्दा बढी नै खर्च गरेको आयोजकले जनाएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको सुरक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले नै लिनुपर्ने संवैधानिक व्यवस्था छ । एक लाखभन्दा बढी अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षाभत्ता पाइरहेको तथ्याङ्क पाइए तापनि कतिले कृत्रिम हातखुट्टा पाएका छन् भन्ने तथ्याङ्क भेटिँदैन । (तस्वीर छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश
लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी
अमेरिकी राष्ट्रपति ट्रम्प माथि वित्तीय नियम उल्लङ्घनकाे अाराेप !
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक  घाइते
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते
 सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
 सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती