कृषिका लागी विश्व बैंकले ९ अर्ब ५० करोड ऋण दिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
१८ पटक हेरिएको
Shares
कृषिका लागी विश्व बैंकले ९ अर्ब ५० करोड ऋण दिदै

सारांश

  • दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ ।
  • अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजना सञ्चालनका लागि सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो ।
  • सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजना सञ्चालनका लागि सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषिक्षेत्रको पुनःस्थापना र उत्पादन वृद्धिका लागि ऋण दिएको हो । यस कार्यक्रमअन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सृजना गरिनेछ । सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने बताइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?