अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै

सारांश

  • लोकप्रिय गायक अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा सांस्कृतिक संस्थानले विशेष कार्यक्रम आयोजना गर्दैछ ।
  • आइतबार ‘सम्झनामा अरुण थापा’ नामक कार्यक्रमा नाचघरका कलाकारले गायक थापाका बहुचर्चित गीत प्रस्तुत गर्ने संस्थानमा महाप्रवन्धक राजेश थापाले बताए ।
  • कार्यक्रम आइतबार दिउँसो ३ बजे राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्ष्यालयमा हुँदैछ ।

लोकप्रिय गायक अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा सांस्कृतिक संस्थानले विशेष कार्यक्रम आयोजना गर्दैछ । आइतबार ‘सम्झनामा अरुण थापा’ नामक कार्यक्रमा नाचघरका कलाकारले गायक थापाका बहुचर्चित गीत प्रस्तुत गर्ने संस्थानमा महाप्रवन्धक राजेश थापाले बताए । कार्यक्रम आइतबार दिउँसो ३ बजे राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्ष्यालयमा हुँदैछ ।

अरुण थापा नेपाली सांगीतिक क्षेत्रका त्यस्ता नक्षत्र हुन् जसले थोरै गीत गाएर पनि आफुलाई अब्बल गायकको रुपमा स्थापित गरे । विक्रम २००८ सालमा जन्मिएका थापाका ऋतुहरुमा तिमी, जति माया लाए पनि, चोट के हो व्यथा के हो लगायतका गीतहरु अहिले पनि श्रोताको रोजाईमा पर्ने गीत हुन् । थापाको वि.सं. २०५६ साउन ५ गते काठमाडौँमा निधन भएको हो ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?