केन्या १५५ मा अलआउट, शरदले लिए ४ विकेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
५४८ पटक हेरिएको
Shares

सारांश

  • आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई १५५ रनमा समेटेको छ ।
  • कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ रनमै समेटेको छ ।
  • पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई १५५ रनमा समेटेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ रनमै समेटेको छ ।

पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो । उनले ७ ओभर १ बल बलिङ गर्दै २८ रन दिएर ४ विकेट लिए ।

खेलको चौथो ओभरमै भेट्रान अलराउण्डर मेहवुव आलमले दुई विकेट लिएर केन्याको विकेट पतन सुरुवात गरेका थिए ।

तर केन्याका इरफान करिम र कोलिन्स ओवायेले तेस्रो विकेटका लागि ७९ रनको ठोष शाझेदारी गरेपछि केन्याले रनरेट बढाउन सफल भयो ।

२७.२ ओभरमा सन्दीप लामिछानेले ओवायेलाई आउट गराएसागै केन्याको इनिङ ध्वस्त हुन सुरु भयो । ओवाये ४८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए ।

शरद भेषावकरले ४ विकेट लिादा नेपालका मेहवुव आलम र बसन्त रेग्मीले २/२ तथा सागर पुन र सन्दीपले १/१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?