केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं – प्रचण्ड

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् ।
  • उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे ।
  • ‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी जितिसक्यौं,’ आज पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाको जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,‘हामी जनताको बीचमा गएका हौं, पछि चुनाव पति जित्छौं ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे ।

‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी जितिसक्यौं,’ आज पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाको जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,‘हामी जनताको बीचमा गएका हौं, पछि चुनाव पति जित्छौं ।’ ओलीले प्रतिनिधिसभा बिघटनका लागि कदम चालेर कलंकित हुने काम गरेको प्रचण्डको तर्क थियो ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गर्ने आशा व्यक्त गरे । उनले भने,‘संविधानमा प्रष्टसँग लेखिएको प्रावधान अदालतले नबुझ्ने भन्ने नै हुँदैन ।’ अदालतप्रति आफूहरुको विश्वास रहेको प्रचण्डको भनाई थियो । ओलीले आवेगमा आएर संसद बिघटन गरेको बताए ।

तीनजना प्रधानमन्त्रीलाई ओलीको कदमले सडकमा पुर्याएको विषय उठिरहादा प्रचण्डले सडकमा नपुगेको तर्क गरे । उनले भने,‘हामी सडकमा नभई जनताका बीचमा पुगेका हौं ।’ ओलीले निरन्तर पेलेर कुनामा पुर्याएको र अहिले जनतामाझ पुर्याएको बताए । उनले भने,‘यसका लागि केपीजीलाई धन्यवाद ।’-फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
विप्लव समूहका सदस्य र प्रहरी बिच गोली हानाहान !!!
विप्लव समूहका सदस्य र प्रहरी बिच गोली हानाहान !!!
एपिएफद्धारा मच्छिन्द्र पराजित
एपिएफद्धारा मच्छिन्द्र पराजित
संविधान संशोधन भए मात्र निर्वाचन :  उपेन्द्र यादव
संविधान संशोधन भए मात्र निर्वाचन : उपेन्द्र यादव
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने