केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
सारांश
- वैशाख १२, काठमाण्डौ ।
- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाउँदै कांग्रेसले ठेगान लगाउने बताएका छन् ।
- प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले प्रधानमन्त्री ओलीले स्याल प्रवृत्ति देखाएको आरोप समेत लगाए ।
वैशाख १२, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाउँदै कांग्रेसले ठेगान लगाउने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले प्रधानमन्त्री ओलीले स्याल प्रवृत्ति देखाएको आरोप समेत लगाए ।
केही दिनअघि प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरुसँग कांग्रेसले घाँटी जोडेको आरोप लागएका थिए ।तर पौडेलले ओली आफैँले गलत काम गरेकाले अरुलाई आरोप लगाएर भ्रममा पार्न खोजेको जिकिर गरे ।
“प्रधानमन्त्रीको स्याल वुद्धी हो । स्यालले गाउँमा गएर चिलले कुखुरा लान आँट्यो भन्थ्यो । त्यसबेला सबैले आकासतिर हेर्थे । त्यही बेला स्यालले खोरबाट कुखुरा चोरेर भाग्थ्यो । ओलीको पनि त्यही वुद्धी हो ।
(link)
प्रतिक्रिया