कोरोना संक्रमणबाट थप तीनको मृत्यु, नेपालमा कुल मृतक संख्या १०७
सारांश
- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेसँगै कुल संक्रमित एक सय ७ पुगेको हो ।
- मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेसँगै कुल संक्रमित एक सय ७ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणबाट मृत्यु हुनेहरुमा दुई पुरुष र एक महिला छन् । आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ८३ पुरुष र २४ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।
मृतकको विवरण
१. रौतहट जिल्लाका ३२ वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
२. मोरङका ६० वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
३. काठमाडौंकी ५८ वर्षीय महिला । १ भाद्रमा मृत्यु पुष्टि
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया