बाजुराका ९५ बस्ती उच्च जोखिममा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
३० पटक हेरिएको
Shares
बाजुराका ९५ बस्ती उच्च जोखिममा

सारांश

  • बाजुरा, ४ फागुन , जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।
  • जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ ।
  • ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ ।

बाजुरा, ४ फागुन , जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ । ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थान्नातरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ बरालले बताउनुभयो । जसमा त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र रहेको छ । वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला–८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् ।

समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिश गरेको छ । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिनुभयो । सरोकारवालासँग छलफल गरी बस्ती जोखिममा रहेको पहिचान गरेको अधिकारीले बताउनुभयो । त्यस्तै अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणको लागि सिफारिश गरिएको जनाइएको छ ।

त्यस्तै सबैभन्दा कम जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको प्रजिअ बरालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न
रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य
रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली (अन्तर्वार्ता )
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली (अन्तर्वार्ता )
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं

तपाईंले छुटाउनुभयो कि?