मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा

सारांश

  • काठमाडौं।
  • ‘मिस वल्र्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ।
  • प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वल्र्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दै्छिन्।

काठमाडौं। ‘मिस वल्र्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वल्र्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दै्छिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्।

प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ । अहिले ‘मिस वल्र्ड’का लागि भोटिङ चलिरहेको छ। प्रतियोगितामा सहभागीहरु आफ्नो भोट बढाउन लागिपरेका छन्।

यस्तोमा अनुस्का भोटिङको दोस्रो स्थानमा छिन्। यो समाचार तयार पार्दासम्म उनले ११.८८ प्रतिशत भोट पाएकी छिन्। पहिलो स्थानमा भियतनामकी सुन्दरी लोअङ थुय लिंह छिन्। उनले १३.७३ प्रतिशत भोट प्रात गरेकी छिन्। त्यस्तै ११.५४ प्रतिशत भोट ल्याउँदै बङ्गलादेशकी सुन्दरी रफह तेर्सा तेस्रो स्थानमा छिन्।

प्रतियोगितामा भोटिङमा पहिलो स्थानमा पुग्ने प्रतिस्पर्धिले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्। जसले विजेतालाई १ सय २४ बाट सोझै उत्कृष्ट २० मा पर्नेछ। त्यसैले अनुस्कालाई भोटकोे निकै खाँचो छ ।

भोट कसरी गर्ने ?
अनुस्कालाई भोट गर्न ‘मोबस्टार’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा गएर अनुस्का श्रेष्ठ सर्च गरि उनले पोष्ट गरेका फोटोहरुमा लाईक र कमेन्ट गर्नुपर्नेछ। त्यस्तै मिस वल्र्डको आधिकारिक वेबसाइटमा गएर अनुस्कालाई भोट गर्न सकिन्छ।

गत वर्ष ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै श्रृङ्खला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ प्रपोज’ उपाधि जितेकी थिइन्।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
Mostbet India Official Online Website Register & Logi
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा