बावुले गरे २ वर्षीया छोरीको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
बावुले गरे २ वर्षीया छोरीको हत्या

सारांश

  • हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका–२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
  • घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका–२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने २७ वर्षीय अमृत सिंहलाई धारिलो हतियार खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ बस्ने ३२ वर्षीय ज्ञान बहादुर कडायत, ३२ वर्षीय प्रकाश ऐडी र ४० वर्षीय केदारमान ऐडी रहेका छन् । उनीहरुले अमृतलाई खुँडा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न कडायतलाई मंगलबार तथा प्रकाश र केदारमानलाई बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।

घाइते अमृतको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?