के हुँदै छ ओलीको निर्वाचन क्षेत्रमा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
के हुँदै छ ओलीको निर्वाचन क्षेत्रमा ?

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ ।
  • क्षेत्र नं ५ मा एमाले अध्यक्ष एवं वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ मत प्राप्त गरेका छन् ।
  • काँग्रेसका डा खगेन्द्र अधिकारीले ५ हजार ४७५ मत प्राप्त गरेर ओलीलाई पछ्याउँदै छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ ।

क्षेत्र नं ५ मा एमाले अध्यक्ष एवं वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ मत प्राप्त गरेका छन् । काँग्रेसका डा खगेन्द्र अधिकारीले ५ हजार ४७५ मत प्राप्त गरेर ओलीलाई पछ्याउँदै छन्।

पछिल्लो मतगणनानुसार निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्कीले ११ हजार ४७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १० हजार २६५ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका पवित्रा निरौला (खरेल)ले ७ हजार ३०५ मत आएको छ । काँग्रेसका उद्धव थापाले ४ हजार ९६२ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ३ मा एमाले समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले ११ हजार १५ तथा काँग्रेसका कृष्णप्रसाद सिटौलाले ८ हजार ५९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ४ मा वाम गठबन्धनका एलपी साँबाले १२ हजार ७४२ र काँग्रेसका देउकुमार थेवेले ७ हजार ७७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?